सनराइज बैंकले श्वेता श्री फाउण्डेशनलाई गर्यो रु. ५ लाख सहयोग

Advertisement

काठमाडौँ । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो ।

आज एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक हस्तान्तरण गर्दै फाउण्डेशनले गरेको कामको प्रशंसा गरे । यस्तै नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाइन् ।

सो फाउण्डेशनले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फागुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निर्माण गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement