एनआईसी एसिया लघुवित्तको आईपीओ १० कित्ता सबैलाई, २० कित्ता पाउने ४६५७९ जनामात्रै

Advertisement

काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँट भएको छ । उक्त वित्तीय संस्थाको आईपीओ लागि रीतपूर्वक आवेदन गर्ने सबैलाई न्यूनतम १० कित्ताका दरले शेयर परेको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । थप ४६ हजार ५ सय ७९ जना लगानीकर्ताले गोलाप्रथाका माध्यमबाट थप १० कित्ताका दरले सेयर पाएका हुन् ।

कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको थियो । कुल निष्कासनमध्ये ७४ हजार कित्ता सेयर कर्मचारीका लागि, २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

उक्त कम्पनीको आईपीओका आगि ५.१९ गुणा बढी आवेदन अर्थात २ करोड ३० लाख ३९० कित्ताका लागि आवेदन परेको थियो । ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । तर, ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन वैध भएको भएको सानिमा क्यापिटलले जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement