बझाङमा पहिरो, चार जनाको मृत्यु, उद्दारका लागि गएको सेनाको गाडि दुर्घटना

Advertisement

बझाङ । यहाँको केदारस्युँ गाउँपालिकास्थित मल्लेसीमा शनिबार गएको पहिरोमा परी चार जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन् । यस क्षेत्रमा बिहान पहिरो खसेको हो ।

केदारस्युँ गाउँपालिकाका अनुसार हराइरहेकाहरुको खोजीकार्य भइरहेको छ । उद्दारमा प्रहरी र स्थानीय लागिपरेका छन् । उद्दारका लागि भनेर गएको सेनाको गाडि दुर्घटना भएको छ । गाडि पृथ्वी राजमार्गमा असन्तुलित भई नालीमा खस्दा तीन जना सैनिक घाइते भएको जनाइएको छ ।

पहिरोमा पनि ज्यान गुमाउनेहरुमा ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठारा छन् । राममतीकी १६ वर्षकी छोरी अस्मिता जेठारा बेपत्ता छिन । स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement