माधव र झलनाथलाई बोकेर प्रचण्ड फेरि राष्ट्रपति भेट्न गए, ओलीलाई फ्याक्न राष्ट्रपतिमाथि दबाब

Advertisement

काठमाडौँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुनः शितल निवास पुगेका छन् । उनले नेकपाका नेताद्धय झलनाथ खनाल र माधव नेपाललाई समेत लिएर आइतबार बिहान शितलनिवास पुगेका हुन ।

यसअघि संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय स्वीकृत नगर्न आग्रह गर्दै प्रचण्ड शितल निवास पुगेका थिए । पार्टी भित्रको विवादका कारण राष्ट्रपति थप दबाबमा पर्दै गएकी छन् । विवाद चर्किएसँगै नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् भने प्रचण्ड समूह उनलाई कुनै पनि हालतमा हटाएर छाड्ने रणनीतिमा छन् ।

शनिबार साँझ ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताउँदै कि आफूलाई सहयोग गर्न, नगर्ने भएर छोडेर जान सल्लाह दिएका थिए । यही बेलामा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि रातिको समयमा गोप्यरुपमा भेटेको समाचार बाहिर आएको छ ।

Advertisement

Advertisement

Advertisement