वोमी लघुवित्त सञ्चालक समितिको अध्यक्षमा बिन्दिया श्रेष्ठ चयन

Advertisement

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालक समितिको अध्यक्षमा बिन्दिया श्रेष्ठ प्रधान चयन भएकी छिन् ।

असार १९ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु बिन्दिया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्रकुमार प्रसाई तथा सर्वसाधारणतर्फ बाट कृष्णराज सिलवाल र शिवप्रसाद मिश्रलाई निर्विरोध निर्वाचित गरेको थियो ।

सोही दिन साँझ बसेको सञ्चालक समितिको बैठकले बिन्दिया श्रेष्ठ प्रधानलाई अध्यक्षमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रमेश आचार्यले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement