नेपाल बैंकको ५४ लाख भन्दा बढी अनियमितता गर्ने शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement

काठमाडौँ । ५४ लाखभन्दा बढी अनियमितता गर्ने नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध आज मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको उजुरी सम्बन्धमा अनुसन्धान गर्दा दोषी पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

बैंकको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी उनलाई व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर युजर बिद्युतीय माध्यमको दुरुपयोग गरी हानिनोक्सानी पुर्याएको पाइएको छ ।

बैंकको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाब अनधिकृत रुपमा खर्च गरी चौवन्न लाख चौरासी हजार पैतालीस रुपियाँ साठी पैसा नेपाल सरकारकोसमेत स्वामित्वमा रहेको बैंकबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।

भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएपछि उनलाई उक्त बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (ज) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाइमासेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुल उपर गरी पाउन माग दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement