सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच सम्झौता, नेपालमा पैसा पठाउन सजिलो

Advertisement

काठमाडौँ । सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेस्ट प्रालिद्वारा संचालित रोयल रेमिट मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

रोयल रेमिट मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

Advertisement

Advertisement

Advertisement