कोरिया जान नपाएका युवा सडकमा, ‘कि रोजगारी देउ, कि कोरिया जान देउ’

Advertisement

काठमाडौं । रोजगारीका लागि भाषा परीक्षा पास गरेर सबै प्रक्रियासमेत पूरासमेत गरेर पनि कोरिया जान नपाएका युवाहरु बुधबार सडकमा ओर्लिएका छन् । उनीहरुले आफूहरु कोरिया जान पाउनुपर्ने भन्दै उडान सुरु गर्न माग गरेका छन् ।

युवाहरुले भाषा परीक्षा पास गरेर उडानको पर्खाइमा रहेको बेला कोरोना (कोभिड १९) महामारी सुरु भएको र सोही कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा आफूहरु कोरिया जानबाट बन्चित भएको भन्दै मुलुकमा रोजगारीका अवसर नभएर कोरिया जान खोजेका आफूहरुलाई सरकारले बाटो खोलिदिनुपर्ने बताएका थिए ।

माइतीघर मण्डलामा प्रदर्शन गरेका उनीहरुले ‘कि रोजगारी देउ, नभए कोरिया जान देउ’, ‘प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, ‘गरि खान दे सरकार, उडान खोली जान दे’, ‘हामी कामको लागि कोरिया जान चाहन्छौं’ लगायतका नारा लगाएका थिए ।

Advertisement

Advertisement

Advertisement