ओपोले गर्यो फाइभजी एसए नेटवर्क स्लाइस सेवाको घोषणा

Advertisement

काठमाडौँ । ओपोले भोडाफोन र एरिक्सनसंग सहकार्य गर्दै यूरोपको फाइभजी एसए नेटवर्क निर्माणमा एक महत्वपूर्ण कोशेढुङका रुपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइस सेवाको घोषणा गरेको छ ।

यूकेको कोभेन्ट्रि यूनिभर्सिटीमा तैनात गरिएको यस नयाँ सञ्जालको प्रमाणिकरण क्वालकम टेक्नोलोजिज् र मिडियाटेकको फाइभजी मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आपोका फाइभजी स्मार्टफोन्स मार्फत गरिएको हो ।

प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार स्लाएसेस् स्विट्च गर्दै उत्कृष्ट अनुभव लिन सकुन् भन्ने सोचका साथ ओपो र एरिक्सनले छुट्टा छुट्टैरुपमा क्वालकम टेक्नोलोजिज् र मिडिया टेकसंग ओपोको फाइन्ड एक्सटू प्रो र रेनोथ्री स्मार्टफोन्समा आधारित नेटवर्क स्लाइस स्विट्चिङ सफ्टवेयरको विकासका लागि काम गरेको थियो ।

एउटा स्लाइसको प्रयोग ईन्टरनेटमा तिब्र गतिको पहुँचका लागि गरिएको थियो भने, अर्कोले संकायका सदस्यहरु तथा विद्यार्थीहरुका लागि विद्यालयका श्रोत माथि सहज पहुँच, न्यून बिलम्बता, हाई डेफिनेसन लङ डिस्ट्यान्स टिचिङ तथा लर्निङका लागि डेडिकेटेड कनेक्सन उपलब्ध गराएको थियो ।

मोबाइल टेलिकम्यूनिकेसन्सका लागि प्राटोकोलको विकास गर्ने स्ट्यान्डर्ड्स अर्गनाइजेसन्स थ्रीजीपीपीको ब्याख्या अनुसार फाइनजीलाई दूई मोड्समा विभाजन गर्न सकिन्छ, एनएसए (नन्(स्ट्यान्डअलोन) र एसए (स्ट्यान्डअलोन), जहाँ एसएले फाइभजी बेस स्टेसन्स र फाइभजी कोर नेटवर्कको प्रयोग गर्ने ईन्डिपेन्डेन्ट नेटवर्क आर्किटेक्चरको प्रतिनिधित्व गर्छ । विश्वभरका प्रमुख दुरसञ्चार सञ्चालकहरु भविस्यका लागि गो(टू नेटवर्क आर्किटेक्चरका रुपमा सक्रियताका साथ फाइभजी एसएको तैनातीका लागि लागिपरेका छन् ।

त्यसैगरी, फाइभजी कोर नेटवर्क आर्किटेक्चरमा प्रयोग गर्न सकिने फाइभजी नेटवर्क स्लाइसिङले फिजिकल नेटवर्कलाई मल्टिपल भर्चुअलाइज्ड इन्ड टू इन्ड नेटवर्कहरुमा विभाजन गर्ने प्रविधिका रुपमा काम गर्छ । यसरी काटिएका नेटवर्कले आफूलाई स्वतन्त्र रुपमा स्थापित गर्नुका साथै, आफ्नै श्रोतको विकास गरी विभिन्न एप्लिकेसन्सको आवश्यकता अनुसार आफूलाई बिनियोजन गरी लचकताका साथ पृथक प्रयोग सिनारियो अनुसार आफूलाई ढाल्ने क्षमता राख्छन् ।

फाइभजी एसए र नेटवर्क स्लाइसिङ प्रविधि ओपोको फाइजी लक्षित अग्रगामी अनुसन्धान अन्तर्गतको सफलता हो । आरएण्डडी लगानीलाई निरन्तरता दिँदै ओपोले फाइभजी क्षेत्रमा आफ्नो अग्रता कायम राख्ने योजना बनाएको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्यप्रति ओपो विश्वस्त छ र यस अवधारणाको मेरुदण्ड भनेको फाइभजी हो ।

ओपो आफ्ना सप्लाइ चेन पार्टनर्ससंग फाइभजी प्रविधिको थप विकास र प्रयोगकर्ता अनुभवलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नजिक रहेर काम गरिरहेको छ । साथै, अझ बढी मानिससम्म पुग्ने सोचका साथ रिटेलर्सहरुसंग पनि आफ्नो सम्बन्ध विस्तार गरिरहेको छ । ओपोले अहिले नै यूरोपमा ४० प्रमुख क्यारियर्ससंग पार्टनरशिप गरिससेको छ र स्टेट अफ आर्ट उत्पादनहरु तथा आफ्ना पार्टनर्सहरुका साथमा निरन्तर अन्तरक्रियाका माध्यमबाट आफ्नो सफलतालाई निरन्तरता दिँदै जाने विश्वास कमपनीको छ ।

Advertisement

Advertisement

Advertisement