राष्ट्रिय व्यवसायी महासंघ आन्दोलनमा उत्रियो, शुक्रबार शान्तिपूर्ण प्रदर्शन

Advertisement

काठमाडौँ । सरकारले समस्या सम्बोधन नगरेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ शुक्रबार शान्तिपूर्ण आन्दोलनमा उत्रने भएको छ । महासंघले आज पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रने घोषणा गरेको हा ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष नरेश कटुवालले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए ।

महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा १ वर्ष पछाडि सार्नु पर्ने, पुनरकर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चित गर्नु पर्ने, कर्जाको ब्याज दर बढीमा ८ प्रतिशत कायम गर्नु पर्ने, स्प्रेड दर घटाएर ३.५ प्रतिशत कायम गर्नु पर्ने र लकडाउन अवधिभरको व्यवसायिक घरभाडामा पुरै छुट गर्नु पर्ने माग गर्दैै आएको छ ।

Advertisement

Advertisement

Advertisement