चिनियाँ राजदूत र नेपालका नेताबीचको भेटलाई ‘हनिट्रयाप’ भन्दा उपेन्द्रको उल्टै समर्थन

Advertisement

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छी र नेपालका सत्तारुढ दलका नेताहरुबीचको भेटलाई ‘हनिट्रयाप’ पनि हुनसक्छ भन्ने भारतीय मिडिया आरोपलाई प्रतिवाद गर्नुको सट्टा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले उल्टै समर्थन गरेका छन् । महिलाले पुरुषलाई आफ्नो माया जालमा पारेर व्यक्तिगत फाइदा लिने कुरालाई ‘हनिट्रयाप’ भन्ने गरिन्छ । एक टेलिभिजन च्यानलले ‘हनिट्रयाप’को सन्दर्भ कोट्याउँदै चिनियाँ राजदूत र नेपालका नेताहरुको भेटमाथि संगिन आरोप लगाउँदा प्रतिवाद गर्नुपर्नेमा उल्टै समर्थन जनाएर यादव विवादमा फँसेका हुन् । सोही पार्टीकी नेतृ सरिता गिरीले यस्तै विवादास्पद अभिव्यक्ति दिएका कारण पार्टी र संसद सदस्यबाटै हटाउने निर्णय भएको कुरा सेलाउन नपाउँदै उपेन्द्र आफ्नो अभिव्यक्तिका कारण समस्यामा पर्ने देखिएको छ ।

Advertisement

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यका अनुसार नेताले जुनसुकै देशका राजदूतबाट हुने हस्तक्षेपको विरोध गर्नु स्वाभाविक भए पनि कुटनीतिक मर्यादाविपरित आरोप लाग्दा समर्थन गर्नु गम्भीर विषय भएको बताउँदै त्यसमाथि उपप्रधानदेखि परराष्ट्रमन्त्री भइसकेको व्यक्तिले यस्ता कुरामा विचार नगर्नु आश्चर्यजनक विषय हो ।
यादवले टेलिभिजन प्रस्तोताको प्रश्नमा चिनियाँ राजदूतको भेटवार्ता ‘हनिट्रयाप’ होइन् भनेर भन्न नसकिने बताएका छन् ।

Advertisement

Advertisement