‘दुई बाकस सुनमा महेन्द्रले कालापानी बेचिसकेका हुन’ भन्दै आएका विवादास्पद राजदूत बेइजिङ पुगे

Advertisement

काठमाडौं । राजा महेन्द्रले दुई बाकस सुनमा नेपालको भूमि भारतलाई बेचिसकेको दावी गरेर चर्चाको शिखरमा रहेका नवनियुक्ति राजदूत काम थाल्न बेइजिङ पुगेका छन् । गत वैशाखमै चीनका लागि राजदूत नियुक्त भएर पनि जान नपाएका महेन्द्रबहादुर पाँडे बल्ल बेइजिङ पुगेका हुन् ।

परराष्ट्रमन्त्रीसमेत भइसकेका पाण्डे नेकपाका नेता हुन् । कालापानीका बारेमा विवादास्पद अभिव्यक्ति दिएका कारण पाण्डे चौतर्फी आलोचित बन्दै आएका छन् । उनले बिना प्रमाण हचुवाको भरमा राजा महेन्द्रले कालापानी बेचिसकेको भनेर भारतीय पक्षलाई सहज बनाउने प्रयास गरेको भन्दै बुद्धिजीवीहरुले उनको आलोचना गर्दै आएका छन् ।

बेइजिङ पुगेपछि उनको स्वास्थ्य परीक्षण भएको र दुई साता दूतावासकै आइसोलेशनमा बसेपछि बल्ल उनले काम सुरु गर्ने विभिन्न मिडियाहरुले जनाएका छन् । उनी हिमालय एयरलाइन्सको जहाजमार्फत परिवारसहित १२ जनालाई लिएर बेइजिङ गएका हुन् । सरकारले चीनका लागि निवर्तमान राजदूत लीलामणि पौड्याललाई गत फागुन १८ मा अचानक फिर्ता बोलाएपछि पाण्डेलाई नियुक्त गरिएको हो ।

Advertisement

Advertisement

Advertisement