कृषि विकास बैंकले जारी गरेको ऋणपत्र दोस्रो बजारमा कारोबार सुरु

Advertisement

काठमाडौं । कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)बीच धितोपत्र सुचीकरणसम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय र नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७६।७७ का लागि जारी भएको मौद्रिक नीतिमार्फत “वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था गरिनेछ ।” भन्ने निर्देशन भएअनुसार ऋणपत्र जारी गरी नियमानुसार बाँडफाँड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको कृषि विकास बैंकको एक हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”को सूचिकरण गरी कारोबारका लागि सम्झौता भएको हो ।

अब यो ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

Advertisement

Advertisement

Advertisement