आफ्नो सदस्यले सरिता गिरीको पक्षमा बोल्दै हिँडेपछि मानवअधिकार आयोग चकित

Advertisement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै एक सदस्यले विवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने समाजवादी पार्टीकी तत्कालिन नेतृ सरिता गिरीको पक्षमा बोल्दै हिँडनु खेदजनक भएको बताएको छ ।

प्रवक्तासमेत रहेकी आयोगकी सदस्य मोहना अन्सारीले सामाजिक सञ्जालमा सरिता गिरीमाथिको कारवाही गलत भएको बताएपछि बिहीबार आयोगका अध्यक्ष अनुपराज शर्मा आफैले विज्ञप्ति जारी गरी उनको भनाई आयोगको आधिकारिक धारणा नभएको भन्दै अन्सारीको अभिव्यक्तिलाई अस्वीकार गरेका छन् ।

अन्सारीले मंगलबार ट्वीट गर्दै सरिता गिरीमाथिको कारवाही खेदजनक भएको बताउँद्यै कथित छानबिन प्रतिवेदनका आधारमा गिरीलाई कारवाही गरिएको बताएकी थिइन् । समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्नो विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयलाई खेदजनक छ भनी अन्सारीले सार्वजनिक सञ्जालमा व्यक्त गरेको कुराले आफ्नो ध्यानाकर्षण भएको भन्दै आयोगले भनेको छ, ‘संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई “खेद्जनक” तथा “कथित् छानविन प्रतिवेदन” भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा अन्सारीले व्याक्त गरेको भनाइलाई आयोगले अस्वीकार गर्दछ ।’

साथै, आयोगले यही गएको असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको स्मरण गराउँदा गराउँदै अन्सारीको विवादास्पद भनाई ट्वीटरमा आउनु खेद्जनक छ भन्दै यसमा कोही पनि भ्रममा नपर्न आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement