संग्रौलाको राजदूत आचार्यलाई प्रश्न- हाम्रा प्रधानमन्त्रीको अपमान हुँदा दिल्लीमा के गर्दैछौ ?

Advertisement

काठमाडौं । डा. कानुनविद् एवं विश्लेषक प्राडा युवराज सँग्रौलाले नेपालको राजनीतिको फोहोरी खेलमा खेल्ने अधिकार भारतीय सञ्चार माध्यमलाई नरहेको टिप्पणी गरेका छन् । नेपाल एउटा स्वतन्त्र राष्ट्र भएको र उसलाई आफ्नो सीमानाको रक्षा गर्ने अधिकार छ भन्दै उनले सामाजिक सञ्जालमा नेपालको प्रधानमन्त्री र कुटनैतिक सबन्ध भएको देश चीनकी राजदूतको भेटघाटलाई जुन तरिकाले प्रस्तुत गरियो, यो भारतीय सरकारको लाचारी भएको बताएका छन् ।

सँग्रौलाले बुँदागतरुपमा यस विषयलाई यसरी टिप्पणी गरेका छन्ः

१) २०० बर्ष बेलायतले लुट्यो, अपमान गर्यो, तर भारतीयहरुलाई त्यसको अपमान महसुस छैन् ।

२) एक पटक चीनसँग युद्ध भयो, सधैं शत्रुता हुन्छ ? दुर्इ सय वर्ष उपनिबेश बनाउने मित्र हुन्छ ?, सीमाना जोडिएको देश सत्रु हुन्छ ?

३) नेपालका महान्यायाधिवक्ताको काम के हो ? देशको प्रधानमन्त्रीमाथि यस्तो अपमान हुनु देशको अपमान होइन ? राजदूत महोदय के गर्दै हुनुहुन्छ दिल्हीमा ?

४) सीमानामा प्रमाण पुर्याउन नसक्ने भएपछि, प्रोपोगन्डा वारमा भारत लागेको छ । भाततीय संचार माध्यम ट्र्म्पको रणनीतिलाई चीनका बिरुद्ध प्रयोग गर्दैछन।

भारतले एसियासँग बस्न सिकेन भने, उस्को दुर्दशा हुने छ।

भित्र पसेर दुनियाँ बुझ्नु आवश्यक छ । भारत अमेरिकी चालको गोटि बनेको छ । नेपालमाथि पश्चिमी रणनीति र तिब्बती मुद्दालाई उठाउन चीनलाई बिबादमा ल्याउने रणनीतिको राम्रो हुँदै छ । तर भारतीय रबैया यही हो भने अब यस्काविरुद्ध लड्नुपर्ने हुन्छ । एनजीओ चलाएर बसेकालाई यस घटनाले किन छोएन ? यसैबाट थाह हुँदैन र ? भारत एक्लै नेपालमाथि प्रहार गरि रहेको छैन । आँट पुग्छ, भने भारतले नाकाबन्दी गरोस् । हामीले अब स्वतन्त्र बाँच्न सिक्नै पर्छ ।

Advertisement

Advertisement

Advertisement