विजय लघुवित्तको सीईओमा बसन्तराज लम्सालको पदावधि ४ वर्ष थप

Advertisement

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा बसन्तराज लम्सालको पदावधि थप भएको छ ।

उनको कार्यकाल असार मसान्तसम्म रहेकोमा शनिबार बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागु हुने गरी पुनः ४ वर्षको लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव नारायण सापकोटाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement