कुमारी बैंकले देवः विकासलाई प्राप्ति गर्यो, आजदेखि एकीकृत कारोबार सुरु

Advertisement

काठमाडौँ । कुमारी बैंकले को देवः विकास बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र देवः विकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको समुद्घाटन गरे ।

देवःलाई प्राप्ति पछि कुमारीको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६ र एटिएम संख्या १३८ पुगेको छ । अब कुमारीको चुक्ता पूँजी १२ अर्ब ५१ करोड रुपियाँ पुगेको छ भने कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको एकीकृत कारोबार शुभारम्भका अवसरमा जानकारी दिइयो ।

असार २८ गतेबाट कुमारी बैंक र देवः विकासको एकीकृत कारोबार, चुक्ता पूँजी १२ अर्ब ५१ करोड

 

Advertisement

Advertisement

Advertisement