मौद्रिक नीतिमार्फत समस्यामा परेका क्षेत्रको सम्बोधन हुनुपर्छः भट्टराई

Advertisement

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत समस्यामा परेका क्षेत्रलाई सम्बोधन गर्ने गरी ठूलो साहस जरुरी रहेको बताएका छन् ।

अर्थ समितिको आजको छलफलमा उनले आगामी आवको बजेटले नछोएका विषय मात्रै नभई अन्य आर्थिक पुनरुत्थानका विषयसमेत सम्बोधन हुनुपर्ने उल्लेख गरे । विदेशबाट नेपाली युवाले पठाएको विप्रेषण घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी भएकाले आर्थिक गतिविधि नबढेको तथा रोजगारी सिर्जनासमेत हुन नसकेको बताए ।

अर्थतन्त्रलाई साहसिकरुपमा परिवर्तन गर्ने खालको नीति तत्कालको आवश्यकता रहेको भन्दै उनले औद्योगिक उत्पादनमुखी र देशभित्रै रोजगारी सिर्जना गर्ने खालको नीति आवश्यक रहेको धारणा राखे ।

Advertisement

Advertisement

Advertisement