श्रम गन्तव्यबाट एक महिनामै १६७ को शब आइपुग्यो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या छुट्टै

Advertisement

काठमाडौँ । देशमा रोजगारी नपाएर ऋण लिएर वैदेशिक रोजगारीमा गएकाहरुमध्ये गएको एक महिनामा १६७ युवाको लास नेपाल आइपुगेको छ । कोरोना (कोभिड १९) महामारी र लकडाउनपछि विदेशमा अलपत्र परेकाहरुलाई उद्दार गर्ने क्रममा विदेशमा ज्यान गुमाएकाहरुको शब पनि ल्याइएको हो ।

लकडाउनका कारण उडानहरु बन्द हुँदा अहिले एकै पटक लासहरु काठमाडौं आइपुगेका हुन् । यसरी ल्याइएका लासहरु विभिन्न श्रम गन्तव्य मुलुकबाट ल्याइएका हुन् । गएको एक महिनामा २५ वटा मुलुकबाट करिब एक दर्जन वायुसेवाले १७५ वटा चार्टर उडान भएकोमा १६७ सबहरु ल्याइएको हो ।

जसमा साउदी अरबियाबाट ५९, मलेसियाबाट ४१, कतारबाट ४१, यूएईबाट १०, बहराइनबाट ६, कुवेतबाट ८, माल्दिभ्सबाट १ र ओमनबाट १ जनाको सब ल्याइएको छ । कोरोना महामारीपछि यस संक्रमणबाट ज्यान गुमाएकाहरुलाई भने ल्याइएको छैन् ।

Advertisement

Advertisement

Advertisement