कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, जम्मा ३४ जना घर फर्किए

Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना (कोभिड १९) संक्रमितको संख्या ११६ बढेर १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजार ३६१ पीसीआर परीक्षण गरिएको थियो ।

अहिले आइसोलेसनमा छ हजार ६९५ जनाको उपचार भइराखेको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् । जसअनुसार हालसम्म १० हजार ३२८ जनाले अहिलेसम्म कोरोना जितेका छन् ।

Advertisement

Advertisement

Advertisement