१० बैंकको सहभागितामा सिजी सिमेन्टमा ९ अर्ब ६ करोड लगानी, भयो पुरक सम्झौता

Advertisement

काठमाडौँ । सानिमा बैंकको अगुवाई, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह-अगुवाईमा सिजि सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिमा ९ अर्ब ६ करोड ३० लाख लगानी गर्ने सम्झौता भएको छ ।

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल एसबिआई बैंकसमेतको सहभागितामा सिजि सिमेन्टमा उक्त लगानी गर्नका लागि मंगलबार पुरक सहवित्तीयकरण सम्झौता भएको हो ।

उक्त लगानी सम्बन्धी सहभागी बैंकहरुबीच २०७४ पुस ७ मा भएको सहवित्तीयकरण सम्झौतामा असार ३० गते पुरक सहवित्तीयकरण सम्झौता भएको जनाइएको छ ।

अगुवा बैंकको तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी सिजी सिमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृतसरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement