नेप्से १४.९० अंकले बढ्यो, एनआईसी एशिया लघुवित्तका शेयरधनीलाई सबैभन्दा बढी नाफा

Advertisement

काठमाडौँ । साताको चौथो दिन आज शेयर बजार १४.९० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १.११ प्रतिशतले बजार बढ्दा परिसूचक १३६२.३४ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपियाँ बराबरको कारोबार भएको छ ।

होटल, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह घटे पनि बैंकिङ, ट्रेडिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा अन्य र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ ।

आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९२ प्रतिशत नाफा कमाएका छन् भने मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी घाटा व्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement