निर्माण आयोजनाहरुको म्याद छ महिना थप, निर्माण व्यवसायीहरुलाई राहत

Advertisement

काठमाडौं । निर्माण व्यवसायीहरुको मागअनुसार सरकारले लकडाउन अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा म्याद समाप्त भएका आयोजनाहरुको म्याद छ महिना थप गर्ने निर्णय गरेको छ । निर्माण व्यवसायी महासंघले मन्त्रिपरिषदको निर्णय भई आएको भन्दै आफ्ना सदस्यहरुलाई आयोजनाहरुको म्याद थप भएको जानकारी गराएको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्याद थपको निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयले लकडाउन र कोरोना महामारीका कारण काम गर्न नसकेका निर्माण व्यवसायीहरुलाई राहत मिलेको छ । यस अवधिमा निर्माणसम्वन्धी सामान्य कामहरु भए पनि अधिकांश आयोजनाहरु प्रभावित भएका छन् । विशेषगरी स्वास्थ्य जोखिमका कारण कामदारहरु आ–आफ्नो घर गएका र निर्माण सामग्री आपूर्तिमा पनि समस्या भएकाले आयोजनाहरुले काम अघि बढाउन सकेका थिएनन् । सरकारले आफूलाई थप आर्थिक भार नपर्नेगरी सम्वन्धित निकायले छ महिनासम्मको म्याद थप गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement