नयाँ आर्थिक वर्षलाई शेयर बजारको सुखद् स्वागत, ३२.४२ अंकले बढ्दा १ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०७७/७८ लाई शेयर बजारले सुखद स्वागत गरेको छ । आज साउन १ गते नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार ३२.४२ अंकले बढेको छ र १ अर्ब ४ करोड १७ लाख ७० हजार ८ सय ६७ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

आज २.३८ प्रतिशतले नेप्से परिसूचक बढ्दा १३९४.७७ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १८० कम्पनीका २९ लाख १४ हनार ५ सय १८ कित्ता शेयर किनबेच भएको छ ।

बजार बढेको दिन आज सबै परिसूचकमा हरियाली छाएको छ ।

हिजो जस्तै आज पनि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९६ प्रतिशतले नाफा कमाएका छन् । आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४१ लाख ७२ हजार ५ सय ६४ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement