समग्र पर्यटकीय क्षेत्र सुचारु गर्न पर्यटन सम्बद्ध संघसंस्थाहरुको माग

Advertisement

काठमाडौँ । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुले साउन १७ गतेदेखि आन्तरिक हवाई उडानहरु नियमित तालिका अनुसार सुचारु गर्न माग गरेका छन् । आज राजधानीमा आयोजित संयुक्त पत्रकारमा यस्तो माग गरिएको हो । साथै भदौ ९ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्न र सीमा नाका समेत खुल्ला गर्न माग गरे ।

कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने र नेपाली पर्यटन क्षेत्रलाई गतिशील तथा चलायमान बनाउनेतर्फ तत्काल पहल गर्न नेपाल सरकारसँग माग गरिएको हो ।

‘हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार हो, तसर्थः नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएका छन्’- पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन क्षेत्रको दिगो विकासको परिकल्पना साथ नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्दागर्दै सुरु भएको कोभिड-१९ को कारण नेपाल समेत प्रभावित भई चैत ११ गते देखि पूर्ण रुपमा बन्दाबन्दी भई हाल आंशिक खुलापन आए पनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व वहनसँगै ऋणात्मक भई दशौँ लाखको रोजगारी तथा खबौंको लगानी समेत संकटमा परेको छ । यसै परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेत हेरी नेपालले पनि नेपाल सरकार, पर्यटन मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गर्दै हवाई सेवासहित होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु सुचारु गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।

Advertisement

Advertisement

Advertisement