विषम परिस्थितिमा पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको अर्थमन्त्रीको दावी

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विषम परिस्थितिमा पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताएका छन् । संसदको अर्थसमितिको बैठकमा बिहीबार उनले कोरोना महामारीका बीच पनि बजेट कार्यान्वयन राम्रै रहेको भन्दै करिव ७१ प्रतिशत बजेट खर्च भएको दावी गरे ।

खतिवडाले आर्थिक परिसूचक सन्तोषजनक रहेको र आफूले संशोधन गरेको बजेटका लक्ष्य पूरा गर्न सफल भएको दावी गर्दै केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशतको हाराहारीमै आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताए ।

साथै, उनले पुँजीगत खर्चमा भने गएको आर्थिक बर्षमा केही कमी भएको, राजश्वको लक्ष्य भेटन नसकिएको स्वीकार गरे । गएको आर्थिक बर्षमा राजश्व संकलन लक्ष्यको तुलनामा ७५ प्रतिशत (आठ खर्ब ४१ अर्ब) मात्रै भएको छ भने बजेट खर्च १० खर्ब ९४ अर्ब रुपियाँ रहेको छ । गएको आर्थिक बर्षको बजेटको आकार १५ खर्ब रुपियाँभन्दा बढिको थियो ।

Advertisement

Advertisement

Advertisement