अजोडको आईपीओ शुक्रबार बाँडफाँड हुने, २ लाख ७३ हजारले १० कित्ता पाउने, बाँकीको हात खाली

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्सको साधारण शेयर(आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुनेछ ।

आईपीओमा ४ लाख ८४ हजार ४९८ जनाले एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयरका लागि आवेदन दिएका छन् । त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने र बाँकी २ लाख ११ हजार ४९८ जनाको हाल खाली हुने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री खुला गरेको थियो । कूल ३० लाख कित्ता आईपीओमध्ये कम्पनीका कर्मचारीलाई १ लाख २० हजार कित्ता र बाँकी १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीले आईपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो । एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीहरुका तर्फबाट आइपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा अजोडले अनुमति पाएको हो ।

अजोड इन्स्योरेन्सको आइपीओ आजदेखि, कति भर्ने ?

Advertisement

Advertisement

Advertisement