डिम्याट खाता खोल्न नविल इन्भेस्टमेन्टको नयाँ योजना सार्वजनिक

Advertisement

काठमाडौँ । नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लगानीकर्ताहरुलाई शेयर बजारमा प्रवेश गराउन साउन १ गतेदेखि लागु हुने गरी डिम्याट खाता खोल्न नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना साउन १ गते देखि सुरु भई बढीमा साउन मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।

यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसंग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ ।

योजना अन्तरगत डिम्याट एकाउन्ट, एक्वीटी रिसर्च रिपोर्ट, मेरो शेयर, पोर्टफोलियो म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट एडभाइस र टोटल फाइनान्सियल एडभाइजर एट बिजनेश क्लिनिक निःशुल्क दिइने छ ।

Advertisement

Advertisement

Advertisement