विदेशमा अलपत्र कामदारलाई सरकारी खर्चमा ल्याउन बाटो खुल्यो (मन्त्रिपरिषद्का निर्णयहरुसहित)

Advertisement

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारी खर्चमा उद्दार गर्नेसम्वन्धी निर्देशका स्वीकृत गरेको छ । सर्वोच्च अदालतले उनीहरुलाई शुल्क नलिई उद्दार गर्न आदेश दिएपछि सरकारले बाध्य भएर यो निर्देशिका जारी गरेको हो ।

मन्त्रिपरिषदको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिकासहित विभिन्न निर्णयहरु गरेको हो । वैदेशिक रोजगारीमै गएकाहरुलाई समस्यामा पर्दा खर्च गर्नेगरी उनीहरुबाटै संकलित रकमबाट बनाइएको कोषमा अर्बौं रुपियाँ रहे पनि उनीहरुका लागि खर्च नगर्ने तर मन्त्रीदेखि कर्मचारी विदेश घुम्न खर्च गर्ने गरिएको भन्दै आलोचना हुँदै आएको थियो ।

कोरोना भाइरस (कोभिड १९)का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेसँगै उनीहरुलाई केही राहत हुने भएको छ । रोजगारदाताले खर्च नव्यहोर्ने र टिकट पनि काट्ने हैसियत नभएका कामदारले मात्र यस्तो सुविधा पाउने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषदका थप निर्णयहरु यस्ता छन्ः

Advertisement

Advertisement

Advertisement