एनआरएनए कतारको १९औं चरणको राहत वितरण, ६७१ जनाले पाए राहत प्याकेज

Advertisement

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले कोरोना (कोभिड १९) महामारीका कारण कतारमा समस्या परेका नेपालीहरुलाई १९औं चरणको राहत वितरण गरेको छ । यस चरणमा ६७१ जना नेपालीलाई राहत वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

कतार सरकारको परोपकारी संस्था कतार च्यारिटि, यहाँ रहेका नेपाली संघसंस्था, एनआरएनए कतारको श्रमिक कोषले उपलब्ध गराएको खाद्यान्न एनआरएनए कतारले गठन गरेको उद्दार तथा राहत बितरण समितिले वितरण गरेको हो । मुसलमानले कोभिड १९ नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि सहयोग गर्दै आएको बताउँदै सोही क्रममा अहिलेसम्म समस्यामा परेका हजारौंलाई राहत वितरण गरिसकिएको बताए ।

Advertisement

Advertisement

Advertisement