केवल टिभीसँग टाढा हुँदै डिजिटल टिभी अपरेटरहरु संगठित, नेतृत्वमा सुदीप आचार्य

Advertisement

काठमाडौं । केवल टिभी महासंघसँग टाढिँदै डिजिटल टेलिभिजन अपरेटरहरु संगठित भएका छन् । उनीहरुले डिशहोम नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यको नेतृत्वमा नेपाल डिजिटल टिभी अपरेटर एशोसियशनको तदर्थ समिति निर्माण गरेका छन् ।

डिजिटल टिभी अपरेटरहरुको भेलाले आचार्यलाई अध्यक्ष, म्याक्स टिभीका दिनेश सुवेदी, मेरो टिभीका प्रकाश घिमिरे, भायो टिभीका बिनय बोहोरा, ब्रोड टिभीका बिनोद तिमल्सिना, नेट टिभीका निरनराज भण्डारी, प्रभु टिभीका रबिन सुवेदी र क्लियर टिभीका अमित थापालाई सदस्यमा चयन गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी एशोसियशन गठनबारे जानकारी दिइएको हो । कार्यक्रममा अध्यक्ष आचार्यले डिजिटल टिभी अपरेटर तथा उपभोक्ताहरुको हकहितलाई मध्यनजर गरेर डिजिटल टेलियिभजन अपरेटरहरुको छुट्टै एशोसियशन बनाइएको बताए । उनले भारतीय न्यूज च्यानलहरु बन्द गर्ने कुरामा समस्या आएकोले पनि डिजिटल टिभी अपरेटरहरुको छुट्टै संस्था महशुस गरिएको बताउँदै बताउँदै इन्टरनेटदेखि स्याटलाइटबाटसमेत टिभीहरुको प्रसारण सुरु हुन थालेको सन्दर्भमा डिजिटल टिभी अपरेटरहरुको छुट्टै संगठन बनाउनु परेको बताए ।


आचार्यले अहिले नेपालबारे अर्नगल प्रचार गर्ने चार वटा भारतीय च्यानलहरुको प्रसारण आफूहरुले बन्द गरेको बताए । जसमा आजतक, एविपि न्यूज, जी न्यूज र इण्डिया टिभी छन् । उनले आगामी तीन महिना भित्र मन्त्रालयसँग समन्वय गरी नीति निर्माण गरेर ‘क्लिन फिड’ कार्यान्वयन गर्ने डिजिटल टिभी अपरेटरहरुले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement