रोशनी नादर, जो ३८ वर्षमै बनिन भारतको धनी महिला

Advertisement

काठमाडौं । भारतको सबै भन्दा धनी महिला रोशनी नादर आइटी क्षेत्रकै अग्रणी कम्पनी एचसीएलको अध्यक्ष बनेकी छिन् । अध्यक्ष बनेसँगै उनी भारतमा सूचिकृत आइटी कम्पनीको नेतृत्व गर्ने पहिलो महिला पनि बन्न सफल भइन् ।
हालसम्म रोशनीका बुवा शिव नादरले एचसीएलको नेतृत्व गरिरहेका थिए । शिव नादरले सन १९७६ मा कम्पनीको जग बसालेका थिए जुन कम्पनी आज भारतको प्रमुख आइटी कम्पनीका रुपमा स्थापित छ ।

भारतीय समाचार संस्था पीटिआईका अनुसार शुक्रबार एचसीएलमा संस्थापक सेयरधनीका तर्फबाट शिव नादरले पद छोड्ने घोषणा गरिएको थियो र कम्पनीको बोर्ड अफ डाइरेक्टरले शिवकी छोरी रोशनीलाई नयाँ अध्यक्ष चयन गरेको थियो । यद्यपी शिव नादर अब पनि कम्पनीको प्रबन्ध निर्देशक पदमा भने कायमै रहनेछन् ।

कति महत्वपूर्ण छ पद
एनसीएलले सार्वजनिक गरेको जानकारी अनुसार यो ९.९ अर्ब अमेरिकी डलरको कम्पनी हो । एचसीएल ग्रुप अन्तर्गत एचसीएल टेक्नोलोजी, एचसीएल इन्फोसिस्टम र एचसीएल हेल्थकेयरका कम्पनी छन् ।

करिब डेढलाख मानिसले एचसीएलमा काम गर्छन् र यसको नेटवर्क संसारका ४९ देशमा विस्तार भैसकेको छ ।
रोशनी नादर एचसीएलको अध्यक्ष भर्खरै बनेको भएपनि उनी कम्पनीसँग भने लामो समयदेखि जोडिँदै आएकी थिइन् । रोशनी एचसीएल कर्पाेरेशनको सिइओ र कार्यकारी निर्देशक पनि हुन जसले संस्थानका लागि रणनीति बनाउनुपर्नेछ । साथै उनी सिएसआर(संस्थागत सामाजिक उत्तरदायित्व) कमिटीको पनि अध्यक्ष हुन् ।

उनी शिव नादर फाउण्डेशन ट्रस्ट पनि छ, जसले शिक्षा क्षेत्रमा काम गर्छ । यसका अलवा रोशनी आर्थिक रुपले कमजोर तथा ग्रामिण परिवेशबाट आएका विद्यार्थीहरुका लागि काम गर्ने विद्या–ज्ञान संस्थाको पनि अध्यक्ष छिन् । यो संस्थाले उत्तर प्रदेशमा काम गर्छ ।

रोशनीलाई वाइल्ड लाइफसँग बिशेष रुची छ । त्यसका लागि उनले सन २०१८ मा द हेविटेट ट्रस्टको स्थापना गरेकी थिइन् । यो ट्रस्टले पर्यावरण संरक्षण तथा भारतको जैविक विविधता संरक्षणमा काम गरिरहेको छ । फोर्ब्स म्यागेजिनका अनुसार रोशनी नादर सन २०१९ मा संसारका शक्तिशाली महिलाहरुको सूचितमा ५४ औं नम्बरमा परेकी थिइन् । त्यस बाहेक उनी २०१७, २०१८ मापनि फोर्ब्सको शक्तिशाली महिला सूचिमा समावेश थिइन् ।

रोशनीलाई बाबस कलेज, लुइस इन्स्टिच्युट कम्युनिटी चेञ्जमेकर अवार्डबाट पनि सम्मान गरिएको थियो । उनी फोरम अफ योङ ग्लोबल लिडर्ससँग पनि जोडिएकी छिन् । सन २०१९ मा उनी भारतको सबै भन्दा धनी महिलामा चुनिएकी थिइन् । हुरुन रिच लिस्टले उनलाई ३६८०० करोड भारु सम्पतिको मालिकका रुपमा देशकै धनी महिलाको सूचिमा राखेको थियो ।

निजी जीवन ३८ वर्षिय उनी शिव नादर तथा किरन नादरकी एक्ली सन्तान हुन् । रोशनीले आफ्नो सुरुवाति अध्ययन दिल्लीको बसन्त भ्याली स्कुलबाट गरेकी थिइन् । नर्थवेस्टर्न युनिभर्सिटीबाट स्नातक गरेपछि रोशनीले केलाङ स्कुल अफ मेनेजमेन्टबाट एमबीए गरेकी छिन् । एचसीएलमा जोडिनु अघि उनले समाचार उत्पादकका रुपमा पनि काम गरेकी थिइन् ।

रोशनीको विवाह भैसकेको छ र उनका पति शिखर मलहोत्रा पनि एचसीएल कर्पाेरेशनमा कार्यकारी निर्देशक पदमै कार्यरत छन् । मलहोत्रा एचसीएल टेक्नोलोजीका बोर्ड सदस्य पनि छन् । शिखर पनि उद्यमी परिवारमै हुर्किएका हुन र कुवेतमा पढाई लेखाई गरेका थिए । रोशनी र शिखर दुई सन्तानका अविभावक हुन् । (बीबीसी हिन्दीबाट)

Advertisement

Advertisement

Advertisement