आन्तरिक तथा बाह्य उडानहरु भदौ १ गतेबाट सुचार गर्ने सरकारको निर्णय

Advertisement

काठमाडौं । कोरोना (कोभिड १९) महामारी नियन्त्रणका लागि लकडाउन लागू गरेसँगै बन्द रहेको आन्तरिक तथा बाह्य उडानहरु आउँदो भदौ १ गतेबाट खोल्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोक्न गत चैत ५ गतेबाट अन्तर्राष्ट्रिय उडान र १० गतेबाट आन्तरिक उडानहरु बन्द गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ ।

Advertisement

Advertisement

Advertisement