रु. १ मा आईफोन एसई जित्ने मौका, दराज र ईसेवाले ल्याए ‘वान रुपी गेम’

Advertisement

काठमाडौँ । अनलाइन बजार, दराज, र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले केवल १ रुपैयाँमा नयाँ ‘आईफोन एसई’ जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम अवसर’ लिएर आएका छन् । उक्त गेम अवसरमा भाग लिनको लागि, ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरी अर्डर गर्न पर्ने हुन्छ।

अफर साउन ७ देखि १२ (जुलाई २२-२७) सम्म उपलब्ध हुनेछ । विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ । विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउने छन् । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ (जुलाई २७-अगस्ट ३) सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१००० रुपैयाँसम्म) को छूट पाउने छन् । ग्राहकहरूले दराज महाबचात बजारमा फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।

“गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो । यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।” दराज प्रबन्ध निर्देशक लिनो अलरिंगले भने । वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर पनि जित्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement