एक वर्षको बीमा बजार १२१ अर्ब ६१ करोड, कसको कति ?

Advertisement

काठमाडौं । ३९ वटा बीमा कम्पनीहरुले एक वर्षमा एक खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । १९ जीवन र २० वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा सो मात्रामा बीमा शुल्क आर्जन गरेका हुन् । १९ वटा जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने २० वटा निर्जीवन बीमा कम्पनीहरुले २७ अर्ब २३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले असार महिनामै २४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । गत वर्ष मात्रै कम्पनीहरुले नयाँ बीमा पोलिसी बेचेर ३४ अर्ब ४८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । पुराना बीमा पोलिसी नविरकण गरेर ५७ अर्ब ९७ करोड रुपैयाँ प्रिमियम उठाएका छन् ।

त्यस्तै, वैदेशिक रोजगार बीमा शुल्क वापत एक अर्ब ९३ करोड संकलन गरेका छन् । हालसम्म ७९ लाख ५७ हजार ३ सय ५८ वटा बीमा लेख जारी भएका छन् ।

निर्जीवनमा कसको हिस्सा कति ?
निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक ३ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सगरमाथा इन्स्योरेन्सको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । तेश्रो नम्बरमा रहेको नेकोले २ अर्ब १० करोड प्रिमियम संकलन गरेका छ ।

सिद्धार्थले एक अर्ब ९५ करोड बीमा शुल्क उठाएको छ । एनएलजीले एक अर्ब ७५ करोड, प्रिमियर एक अर्ब ६४ करोड, प्रभुको एक अर्ब ५४ करोड रुपैयाँ प्रिमियम शुल्क छ । त्यस्तै, हिमालयन जनरल एक अर्ब ३७ करोड, आइएमई एक अर्ब ३६ करोड, लुम्बिनी एक अर्ब २१ करोड, राष्ट्रिय बीमा कम्पनी एक अर्ब २९ करोड र नेपाल इन्स्योरेन्सले एक अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

प्रुडेन्सियल एक अर्ब ३ करोड, ओरियन्टल एक अर्ब एक करोड, एभरेष्ट ९० करोड, अजोड ८५ करोड, नेशनल ७६ करोड, युनाइटेड ६५ करोड, जनरल इन्स्योरेन्स ५७ करोड र सानिमा इन्स्योरेन्सको ३५ करोड प्रिमियम संकलन भएको छ ।

जीवन तर्फ यस्तो प्रतिष्पर्धा
सबै भन्दा धेरै बीमा शुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले २८ अर्ब ३९ करोड बीमा शुल्क आर्जन गरेको छ जसमध्ये १० अर्ब १६ करोड रुपैयाँ नयाँ पोलिसी बेचे वापत संकलन भएको हो ।
दोश्रो नम्बरमा रहेको एलआइसी नेपालले १५ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकममध्ये ४ अर्ब १६ करोड रुपैयाँ नयाँ पोलिसी बेचेर संकलन भएको हो ।

नेशनल लाइफले ९ अर्ब २१ करोड रुपैयाँ प्रिमियम उठाएको छ । सोमध्ये २ अर्ब ३५ करोड रुपैयाँ नयाँ पोलिसी बेचेर आर्जन भएको हो । त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ६ करोड बीमा शुल्क आर्जन गरेको छ जसमध्ये ९२ करोड रुपैयाँ भने नयाँ पोलिसी बिक्रि वापत संकलन भएको हो ।

युनियन लाइफले ४ अर्ब ८० करोड बीमा शुल्क आर्जन गर्दा २ अर्ब ८६ करोड बराबरको नयाँ पोलिसी बेचेको छ । एसियन लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये एक अर्ब ६० करोड रुपैयाँ नयाँ पोलिसी बेचेर आर्जन गरेको हो ।

मेटलाइफले ४ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा प्रथम बीमा शुल्क एक अर्ब ३० करोड रुपैयाँ छ ।
प्राइम लाइफले ३ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा एक अर्ब १९ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । सुर्या लाइफले ३ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क उठाउँदा एक अर्ब १३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो ।

गुराँस लाइफले गत वर्ष २ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । जसमध्ये ७८ करोड प्रथम बीमा शुल्क रहेको छ । सिटिजन लाइफले एक अर्ब ९६ करोड बीमा शुल्क आर्जन गरेको छ । सोमध्ये एक अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क छ ।

ज्योति लाइफले एक अर्ब ८९ करोड बीमा शुल्क आर्जन गर्दा एक अर्ब २३ करोड प्रथम बीमा शुल्क छ । रिलायबल लाइफले एक अर्ब ६० करोड बीमा शुल्क आर्जन गरेको छ । सोमध्ये एक अर्ब ७ करोड रुपैयाँ प्रथम बीमा शुल्क हो । रिलायन्स लाइफले पनि एक अर्ब ४० करोड प्रिमियम उठाउँदा प्रथम शुल्क ९१ करोड उठाएको छ । आइएमई लाइफले एक अर्ब ४० करोड बीमा शुल्क उठाउँदा ७८ करोड प्रथम बीमा शुल्क छ ।

प्रभु लाइफले एक अर्ब १८ करोड बीमा शुल्क उठाउँदा ८९ करोड प्रथम शुल्क छ । महालक्ष्मी लाइफले ८७ करोड बीमा शुल्क उठाउँदा ८० करोड प्रथम बीमा शुल्क छ । सानिमा लाइफले ८२ करोड बीमा शुल्क उठाएको छ जसमध्ये ५५ करोड प्रथम बीमा शुल्क हो ।

Advertisement

Advertisement

Advertisement