सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य, सजिलै प्रिमियम भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्नपर्ने बाध्यता हटेको छ । सेलपे एप वा वेब एप्लिकेसन प्रयोग गरी सजिलै डिजिटल भुक्तानी गर्न सकिने छ । बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि कुनै झन्झट र कुनै पनि समयमा रकम तिर्न सकिने सेलकमले जनाएको छ ।

यसका लागि ग्राहकले सेलपेमा लगिन गरी बिमा अप्शनमा क्लिक गर्ने र महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखेपछि आफ्नो बिमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिथेपछि प्रिमियम भुक्तानी हुन्छ । उपभोक्ताले गरेको भुक्तानीहरुको ट्रान्जेक्शन हिस्ट्री सेक्सनबाट सजिलै हेर्न सकिन्छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीको भनाई छ । यसमा वास्तविक समयमा रकम भुक्तानी हुने, बिना वालेट कारोबार गर्न सकिने, लोयल्टी पोइन्टस पाईने जस्ता विशेषता रहेका छन् ।

Advertisement

Advertisement

Advertisement