सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३ सय बढ्यो, सातामै ३ हजार ६ सय रुपियाँ बृद्धि

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य लगातार चौथो दिन पनि बढेको छ । आज सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार १ सय ५० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ६५ रुपियाँ र चाँदी एक हजार १४५ रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी बुधबार पनि एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपियाँले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ३५ रुपियाँमा तोकिएको थियो ।

यसैगरी मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपियाँ र चाँदी प्रतितोला १ हजार ४० रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपियाँ र चाँदी प्रतितोला १ हजार रुपियाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार ६५ रुपियाँ र चाँदी प्रतितोला १ हजार ५ रुपियाँमा कारोबार भएको थियो ।

गत साताको शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपियाँ रहेको छापावाल सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ हजार ६ सय रुपियाँ बढेर ९५ हजार ८ सय रुपियाँ पुगेको हो । त्यसैगरी गत शुक्रबार प्रतितोला ९ सय ९५ रुपियाँ रहेको चाँदीको मूल्य पनि प्रतितोला १ सय ५५ रुपियाँ बढेर १ हजार १ सय ५० रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement