ओपोको नयाँ स्मार्टफोन ‘ओपो ए५२’ नेपाली बजारमा सार्वजनिक

Advertisement

काठमाडौँ । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य रु. २९,९९० निर्धारण गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको छ । यसको मोटाइ ८.९एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ ।

डिस्प्ले
ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी+ रेजोल्यूशन सहितको ६.५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९०.५% छ । फोनको डिस्प्लेमा ईन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायतपनि उपलब्ध गरिएको छ ।

क्यामेरा
ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चर सहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चर सहितको २एमपी रेजोल्यूशन सेन्सर रहेका छन् । जसमध्य, एउटा माक्रो लेन्स र अर्को पोटे«ट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएको छ । फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्याशको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ२.० एपर्चर सहितको १६.०एमपी फ्रन्ट क्यामेराको ब्यवस्था गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर
ओपो ए५२लाई ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड + ४×१ं.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ । फोनमा ४जीबी ¥याम र १२८जीबी आन्तरिक सञ्चय क्षमताको ब्यवस्था गरिएको छ । कलरओएस ७.१ (एण्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एसएसडी मार्फत सञ्चय क्षमतालाई २५६जीबी सम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।

मूल्य तथा उपलब्धता
ओपो ए५२को बजार मूल्य रु. २९,९९० निर्धारण गरिएको छ । साउन १ गतेका दिनदेखि नै यो फोनलाई आफ्ना प्रमुख बिक्री केन्द्रहरु मार्फत कम्पनीले सर्वत्र बजारमा उपलब्ध गराइसकेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement