राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकारमा डा. ज्ञानेन्द्रप्रसाद पौडेल नियुक्त

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकारमा सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल नियुक्त भएका छन् । सहकारी बोर्डको कार्यकारी समितिको बैठकले पौडेललाई सल्लाहकारमा नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालको अध्यक्षतामा बसेको बोर्ड बैठकले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९को दफा १६ मा व्यवस्था भए बमोजिम पौडेललाई बोर्डको सल्लाहकार नियुक्त गरेको जनाइएको छ ।

दुई दशकदेखि सहकारी अभियानमा संलग्न पौडेलले क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज कोअपरेटिभ सोसाइटीमा पिएडी गरेका हुन् । उनी नेस्नल कलेज (निष्ट)मा प्राध्यापन गर्छन् ।

Advertisement

Advertisement

Advertisement