बाणिज्य बैंकहरुलाई बम्पर उपहारः काउन्टर साइक्लिकल बफर स्थगित

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई बम्फर उपहार दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकिकृत निर्देशिका मार्फत काउन्टर साइक्लिकल बफरको व्यवस्था स्थगन गर्दै बाणिज्य बैंकहरुलाई बम्पर उपहार दिएको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई आव २०७६।७७ का लागि काउन्टर साइक्लिकल बफरको अनुपात कुल जोखिम भारित एक्सपोजरको २ प्रतिशत तोकिएको थियो । असार मसान्तसम्म बफर कायम गर्न नसक्ने बैंकहरुलाई लाभांश वितरणमै रोक लगाएको थियो । राष्ट्र बैंकले त्यस्तो बफरलाई २०७८ असार मसान्तसम्मका लागि स्थगित गरिदिएको हो ।

Advertisement

Advertisement

Advertisement