सेयर धितो राखेर ५० लाखसम्म ऋण पाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर ५० लाखसम्म ऋण लिन पाइने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गर्दै त्यस्तो कर्जाको सिमा ५० लाख पुर्याइदिएको हो ।

यस अघि सेयर धितोमा ६५ प्रतिशत मात्रै कर्जा पाइन्थ्यो । त्यस्तै, १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको सट्टा अब १२० दिनको औषत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोही अनुसार ऋण लिन पाउने व्यवस्था पनि गरिदिएको छ ।

यसले सेयर बजारका लगानीकर्ताहरुलाई राहत दिएको छ । अब भने सेयर बजार बढ्न सक्ने सम्भावना लगानीकर्ताहरुले औल्याएका छन् ।

Advertisement

Advertisement

Advertisement