लघुवित्तहरुलाई राष्ट्र बैंकको निर्देशन-‘अब ३० प्रतिशत भन्दा बढी लाभांश नदिनू’

Advertisement

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले अब ३० प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आज ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरेको निर्देशन-२०७६ मा संशोधन/परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।



'लघुवित्त वित्तीय संस्थाले गरेको वितरणयोग्य नाफाबाट ३० प्रतिशतमात्र नगद लाभांस बिक्री गर्न पाउने छन्'- नयाँ निर्देशिकामा उल्लेख छ ।

लाभांश वितरण गर्दा गत आवको बचत/निक्षेपको भारित औसत ब्याजदरभन्दा बढी वितरण गर्न नपाउने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख छ ।



राष्ट्र बैंकले लघुवित्तहरुका लागि आज जारी गरेको नयाँ निर्देशनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्:

Advertisement

Advertisement

Advertisement