सरिता गिरीबाट खोसिएको साँसद पद लीलादेवीलाई

Advertisement

काठमाडौँ । जनता समाजवादी पार्टीले सरिता गिरीलाई हटाएर रित्त रहेको प्रतिनिधिसभाको समानुपातिकतर्फको साँसद पद लीलादेवी सिटौलाले हात पारेकी छन् । उनले बुधबार सँसदमा सपथ ग्रहण गरिन् ।

सभामुख अग्नि सापकोटाले लीलादेवीलाई शपथ ग्रहण गराए । जनता समाजवादीको तर्फबाट खस आर्य क्लस्टरबाट सांसद निर्वाचित भएकी लीलादेवी ललितपुरकी हुन् । विवादास्पद अभिव्यक्ति दिँदै आएकी गिरीलाई पार्टी ‘ह्विप’ नमानेको भन्दै जसपाले पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत निकालेको थियो ।

Advertisement

Advertisement

Advertisement