कार्यस्थलमै ‘टिकटक’ बनाउने कर्मचारीलाई राष्ट्र बैंकले गरायो ध्यानाकर्षण, विभागीय कारवाही गर्ने

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका केही कर्मचारीहरुले कार्यालय पोशाक र कार्यस्थलमै ‘टिकटक’ बनाउन थालेपछि जनशक्ति व्यवस्थापन विभागको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले सम्पूर्ण कर्मचारीहरुलाई ध्यानाकर्षणसहितको पत्र लेख्दै उक्त कार्य बन्द गर्न भनेका छन् । उक्त कार्य जारी राखे नेपाल राष्ट्र बैंक कर्मचारी सेवा बिनियमावली २०६८(तेश्रो संशोधन, २०७४) को परिच्छेद १३ बमोजिम विभागीय कारवाही हुने पत्र मार्फत जानकारी गराइएको छ । ‘अबदेखि यस विभागको स्वीकृति बेगर आफूखुशी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाद्वारा आयोजित वेबीनामा भाग लिने र प्रस्तुतिकरण दिने, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा नेपाल सरकारको नीति विपरित प्रकाशन/प्रशारण/सम्प्रेषण गर्ने, कार्यालय पोशाक तथा कार्यस्थलमै टिकटक बनाउने जस्ता कार्य बन्द गर्नु/गराउनु हुन ध्यानाकर्षण गराइन्छ’– कार्यकारी निर्देशक पौडेलले लेखेको पत्रमा उल्लेख छ ।  

Advertisement

Advertisement

Advertisement