गीता ढकाललाई आफूले होइन्, आफ्नै बाबु हरेराम ढकालले हत्या गरेको रञ्जन कोइरालाको संकेत (भिडियो)

Advertisement

काठमाडौं । पत्नी हत्याको अभियोगमा दोषी ठहरिएर आठ बर्ष जेल सजाय काटी बाहिरिएका पूर्वडिआईजी रञ्जन कोइरालाले गीता ढकालको हत्यामा आफू नभई बाबु हरेराम ढकाल संलग्न रहेको संकेत गरेका छन् । 

ऋण धमलाको कार्यक्रममा छोरा आयुशसहित उपस्थित भएका रञ्जनले गीता रहेरामको आफ्नै छोरी नरहेको समेत बताएका छन् । उनले पटक पटक आफूले गिताको हत्या नगरेको र षडयन्त्रपूर्ण तरिकाले फँसाउने काम भएको भन्दै सत्य कुरा एक दिन उदाङ्ग हुने पनि बताए । 

Advertisement

प्रहरीले आफूलाई यातना दिएको र नक्कली बयान लेखेको बताउँदै रञ्जनले हत्या भएको भोलिपल्ट मात्रै आफू चीनबाट आएको जिकिर गरेका छन् । उनले अदालतमा आफ्नो मुद्दा विचाराधिन रहेकाले अहिले आफूले धेरै कुरा बोल्न नसक्ने भन्दै सत्य कुरा बाहिर आएपछि आफूप्रतिको जनताको धारणा परिवर्तन हुने बताए । 

रञ्जनलाई उनका छोरा आयुशले पनि साथ लिए । आयुशले बाबु निर्दोष रहेको र आमाको मृत्युपछि हजुरबुबा ढकालले आफूहरुलाई बेवास्था गरेर असहाय बनाएको बताउँदै वास्तबिक पीडित हजुरबुबा हरेराम नभई आफूहरु भएको बताए । 

भिडियोः 

Advertisement

Advertisement