सनराइजमा नयाँ खेल, सञ्चालक ओमकृष्ण जोशीको राजीनामा, सीईओको विषय अन्योलमै

Advertisement

काठमाडौं । सनराइज बैंक विज्ञ सञ्चालक ओमकृष्ण जोशीले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बिहीबार अपरान्ह बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा दिएका हु्न । यद्यपि उनको राजीनामा स्वीकृत नभएको बताइएको छ । 

सीईओ जनक शर्मा पौड्याललाई राख्ने वा हटाउने विषयमा सञ्चालकहरुबीच विवाद भइरहेको बेला सञ्चालकको राजीनामा आउनु अर्थपूर्णरुपमा हेरिएको छ । सीईओ पौड्याल पक्षले जोशीको राजीनामाको कुरा उठाएको थियो । बैठकमा सञ्चालकहरुबीच चर्काचर्की भएको स्रोतले बतायो । 

Advertisement

सीईओ पौड्याललाई हटाउने गरी जोशीसहित बैंकका पाँच सञ्चालकले सञ्चालक समितिले छ बुँदे आरोप दर्ता गरेसँगै पौड्याललाई तीन दिने स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण दिन अस्वीकार गरेका पौड्यालले आफू राजीनामा नदिने भन्दै कारवाही गर्न अर्थमन्त्री युवराज खतिवडादेखि बैंकर्स एशोसियशनका अध्यक्ष भुवन दाहालसम्मलाई फोन गर्न लगाएका थिए । 

Advertisement

Advertisement