सानिमा लाइफले गर्यो मृत्यु दाबी बापत २ लाख ५० हजार भुक्तानी

Advertisement

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको २ लाख ५० हजार रुपियाँ भुक्तानी गरेको छ । 

उक्त कम्पनीमा जीवन बीमा गराएका निलकण्ठ नगरपालिका २ धादिङका बिनोद आलेमगरको मृत्यु भएकोमा उनकी आमा कृष्णकुमारी आलेमगरलाई मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरिएको हो । 

Advertisement

कम्पनीको कार्यालयमा उक्त रकम बराबरको चेक कृष्णकुमारीलाई हस्तान्तरण गरिएको हो । उक्त रकमले पीडित परिवारमा ठूलो राहत मिलेको सानिमा लाइफ गोङ्गबु शाखाका प्रबन्धक सुबोध मिश्रले बताए ।

Advertisement

Advertisement