रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

Advertisement

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता सर्वसाधारण शेयर(आईपीओ) जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता रु. १०० अंकित ६३ करोड रुपियाँको आइपीओ जारी गर्न आज बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपियाँ र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement