कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै विरोधमा उत्रिएका युवाहरुलाई पक्राउ

Advertisement

काठमाडौं । कोरोना (कोभिड १९) नियन्त्रणमा सरकारले लापर्वाही गरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अभियानमा सहभागीहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको हो । 

अभियानमा सहभागी युवाहरुले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कोरोना परीक्षणका लागि पीसीआर टेष्टको दायरा बढाउनुपर्ने जस्ता मागहरु अघि सारेका थिए । त्यस क्रममा प्रहरीले चार दर्जनभन्दा बढिलाई पक्राउ गरेको अभियानले जनाएको छ । 

Advertisement

अभियानका सदस्यहरुले आफूहरु मुल सडकमा नभई सडकपेटीमा हिँडिरहेका बेला प्रहरीले हस्तक्षेप गरी साथीहरुलाई पक्राउ गरेको बताएका छन् । पक्राउ परेकाहरुलाई मालीगाउँ प्रहरी वृत्त, नेपाल पुलिस क्लब, महाराजगन्जलगायतका प्रहरी प्रभागमा राखिएको छ ।


अभियानका अगुवाहरु कारोना नियन्त्रणमा सरकार उदासिन भएको भन्दै विरोधमा अनसनसमेत बसिरहेका छन् । 

Advertisement

Advertisement