डिशहोमले सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गर्यो

Advertisement

काठमाडौं । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावितहरुलाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पीडित २८ घर परिवारलाई चार लाख २० हजार रुपिया रकम राहत स्वरुप उपलव्ध गराईएको कम्पनीले जनाएको छ । 

Advertisement

डिशहोमका स्थानीय वितरक र प्रतिनिधि पहिरोबाट अति प्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम पीडित परिवारलाई वितरण गरेका थिए । आफूहरुले स्थापना कालदेखि नै यस्ता सामाजिक उत्तरदायित्वको काम गर्दै आएको बताउँदै डिशहोमले एसईई तयारी कक्षादेखि लकडाउनको समयमा बिद्यार्थीहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षामार्फत प्रशारण गरिरहेको जानकारी दिएको छ । 

नेपालको एक मात्र डीचीएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्यसंगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत अगाडी बढाइरहेको छ । 

Advertisement

Advertisement